ट्रयाक्टर दुर्घटना हुँदा सप्तरीमा चालकको मृत्यु « Khabarhub

ट्रयाक्टर दुर्घटना हुँदा सप्तरीमा चालकको मृत्यु


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनको १७ बर्षीय नाति सुभाष कुमार यादवको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउँदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराती साढे १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : १७ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा