नयाँ हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी « Khabarhub

नयाँ हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले नयाँ किसिमको हतियार परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनको रोहबरमा नयाँ किसिमको ‘ट्याक्टिकल गाइडेड’ हतियारको परीक्षण गरिएको हो ।

यस हतियारले मुलुकको आणविक क्षमतालाई विस्तार गर्ने केसीएनएले जनाएको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको पूर्वी तटबाट प्रहार गरिएका दुई क्षेप्यास्त्रको सूचना पाएको जनाएको थियो ।

ती क्षेप्यास्त्र २५ किलोमिटरको उचाइमा पुगी ११० किलोमिटर टाढा गएर खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । केसीएनएले यस परीक्षणबारे केही विस्तृत जानकारी नदिएपनि यसलाई मुलुकको आणविक उद्देश्यसँग जोडेर प्रस्तुत गरेको रोयटर्सले जनाएको छ ।

गत अप्रिल ५ मा मात्रै सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले आक्रमण गरेको खण्डमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएकी थिइन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ४३ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको