नयाँ हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी « Khabarhub

नयाँ हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले नयाँ किसिमको हतियार परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनको रोहबरमा नयाँ किसिमको ‘ट्याक्टिकल गाइडेड’ हतियारको परीक्षण गरिएको हो ।

यस हतियारले मुलुकको आणविक क्षमतालाई विस्तार गर्ने केसीएनएले जनाएको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको पूर्वी तटबाट प्रहार गरिएका दुई क्षेप्यास्त्रको सूचना पाएको जनाएको थियो ।

ती क्षेप्यास्त्र २५ किलोमिटरको उचाइमा पुगी ११० किलोमिटर टाढा गएर खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । केसीएनएले यस परीक्षणबारे केही विस्तृत जानकारी नदिएपनि यसलाई मुलुकको आणविक उद्देश्यसँग जोडेर प्रस्तुत गरेको रोयटर्सले जनाएको छ ।

गत अप्रिल ५ मा मात्रै सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले आक्रमण गरेको खण्डमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएकी थिइन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ४३ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७