हतियार बोकेको युक्रेनी विमान खसालेको रुसको दाबी « Khabarhub

हतियार बोकेको युक्रेनी विमान खसालेको रुसको दाबी


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले पश्चिमा मुलुककरुबाट युक्रेनतर्फ ल्याइँदै गरेको विमान खसालेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभलाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले जनाएअनुसार ओदेसा शहर नजिक रुसी फौजको कारवाहीमा विमान खसालिएको हो ।

विमानभेदी क्षेप्यास्त्रमार्फत पश्चिमा मुलुकबाट आयात गरिएका हतियार बोकेको युक्रेनी वायुसेनाको पारवहन विमान खसालिएको तासले जनाएको छ ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । घटनामा कति जनाको मृत्यु भएको हो भन्ने पनि स्पष्ट नभएको बताइएको छ ।

जनरल कोनासेन्कोभका अनुसार पछिल्लो २४ घण्टामा रुसी वायुसेनाले ६७ धेरै स्थानमा युक्रेनी फौजलाई निशाना बनाएर आक्रमण गरेको छ ।

युक्रेनी पक्षले यसबारे सार्वजनिक टिप्पणी गरिसकेका छैनन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : २० बजे

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक