हतियार बोकेको युक्रेनी विमान खसालेको रुसको दाबी « Khabarhub

हतियार बोकेको युक्रेनी विमान खसालेको रुसको दाबी


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले पश्चिमा मुलुककरुबाट युक्रेनतर्फ ल्याइँदै गरेको विमान खसालेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभलाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले जनाएअनुसार ओदेसा शहर नजिक रुसी फौजको कारवाहीमा विमान खसालिएको हो ।

विमानभेदी क्षेप्यास्त्रमार्फत पश्चिमा मुलुकबाट आयात गरिएका हतियार बोकेको युक्रेनी वायुसेनाको पारवहन विमान खसालिएको तासले जनाएको छ ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । घटनामा कति जनाको मृत्यु भएको हो भन्ने पनि स्पष्ट नभएको बताइएको छ ।

जनरल कोनासेन्कोभका अनुसार पछिल्लो २४ घण्टामा रुसी वायुसेनाले ६७ धेरै स्थानमा युक्रेनी फौजलाई निशाना बनाएर आक्रमण गरेको छ ।

युक्रेनी पक्षले यसबारे सार्वजनिक टिप्पणी गरिसकेका छैनन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : २० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट