कवितामय ‘प्रेमगन्ज’ टिजर सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

कवितामय ‘प्रेमगन्ज’ टिजर सार्वजनिक (भिडियो)


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ ले टिजर सार्वजनिक गरेको छ ।

सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् । टिजरले फिल्म प्रेमकथा भएको र फिल्ममा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ ।

टिजरमा सुरक्षा पन्त र बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरीसँगै बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि अभिनय अटाएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेखेका हुन् । निर्माण टिमले फिल्मको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ ।

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, सन्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : १० बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान