नूतन बने नयाँ मिस्टर नेपाल | Khabarhub Khabarhub

नूतन बने नयाँ मिस्टर नेपाल


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर–अप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर–अप, कैलालीका २१ वर्षीय समीप शाही थर्ड रनर–अप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर–अप छानिए । उनीहरूले क्रमशः रु ५०, ३०, २०, १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरे ।

प्रतियोगितामा पूर्व मिष्टर नेपालद्वय डा. आयुश्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राजभाई सुवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगितामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा.सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कटवाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।

‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । प्रतियोगितामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत व्यक्तित्वको समेत सहभागिता रहेको छ । अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीले फिजिकल फिटनेस, मोटिभेसन सेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्किल लगायतका विभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य आदिबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ४५ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको