नूतन बने नयाँ मिस्टर नेपाल « Khabarhub

नूतन बने नयाँ मिस्टर नेपाल


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर–अप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर–अप, कैलालीका २१ वर्षीय समीप शाही थर्ड रनर–अप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर–अप छानिए । उनीहरूले क्रमशः रु ५०, ३०, २०, १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरे ।

प्रतियोगितामा पूर्व मिष्टर नेपालद्वय डा. आयुश्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राजभाई सुवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगितामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा.सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कटवाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।

‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । प्रतियोगितामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत व्यक्तित्वको समेत सहभागिता रहेको छ । अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीले फिजिकल फिटनेस, मोटिभेसन सेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्किल लगायतका विभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य आदिबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ४५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा