अन्तरिक्षमा ६ महिना बिताएर ३ चिनियाँ अन्तरिक्ष यात्री पृथ्वी फर्के | Khabarhub Khabarhub

अन्तरिक्षमा ६ महिना बिताएर ३ चिनियाँ अन्तरिक्ष यात्री पृथ्वी फर्के


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको नयाँ अन्तरिक्ष स्टेसनमा छ महिना बिताएका तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार यो अन्तरिक्ष यात्रामा अहिलेसम्मकै सबैभन्दा लामो मिसनको सफलता हो ।

अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकाङ्क्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य चालित अन्तरिक्ष कार्यक्रममा अरबौँको बजेट राखेको छ ।

चीनले अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्ष अन्वेषणमा दशकौँको अनुभव छ ।

सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामीले पनि भूउपग्रह बनाउनेछौं ।’ भनेका थिए ।

यसका लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो ।

मानव अन्तरिक्ष उडानका लागि दशकौँ लागेपनि सन् २००३ मा अन्तरिक्ष यात्री याङ लिवेइ पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न सफल भएका थिए । 

प्रक्षेपण नजिकिँदै जाँदा, मिसन क्षमताको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । यद्यपि, चिनियाँ मिसनलाई भने निरन्तरता दिइयो ।

याङले शेन्झाउ–५ मा २१ घण्टे उडानका दौडान १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए । चीनले त्यसयता सातवटा अन्तरिक्ष मिसनहरू सञ्चालन गरेको गरेको छ । 

राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ ।

अन्तरिक्ष स्टेसन बाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । साथै राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालक दल सहित चन्द्र मिसन सुरु गर्नु रहेको बताएको छ ।

तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट लङ मार्च–५ वाई–२ ले सञ्चार उपग्रहहरू पृथ्वीको कक्षमा पठाउने मिसनमा प्रक्षेपण गर्न असफल हुँदा चन्द्र अभियानको काममा बाधा उत्पन्न भएको थियो ।

त्यसले गर्दा चाङए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गर्नुपरेको थियो ।

जनवरी २०१९ मा अर्को रोबोट चाङए–४, पहिलोपटक चन्द्रमाको एउटा कुनामा अवतरण भएपछि चीनलाई चन्द्रमाको अध्ययनका लागि ऐतिहासिक सफलता मिलेको थियो ।  

त्यसपछि गत वर्ष चन्द्रमाको भित्री भागमा अवतरण भई चन्द्रमाको सतहमा मानव उपस्थितिमा चिनियाँ झन्डा फहराउन चीन सफल भएको थियो । 

मानव रहित अन्तरिक्ष यान चट्टान र माटोसहित डिसेम्बरमा पृथ्वीमा फर्किएको थियो । यो चीनले अन्तरिक्ष यात्राको चार दशकमा सङ्कलन गरिएको चन्द्रमाको पहिलो नमूना हो ।

सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेशनको ‘टियानहे मोड्युल’ सँग अक्टोबर महिनामा तीन जना अन्तरिक्षयात्रीहरू सफलतापूर्वक पुग्न सफल भएका हुन् ।

अन्तरिक्षयात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्कनुभन्दा छ महिनाअघि स्टेसनमा पुगेको जनाइएको छ । साथै यो अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दलको अन्तरिक्ष मिसन हो ।

राससबाट

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ०१ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र