छायांकनमा ‘२ नम्बरी’ « Khabarhub

छायांकनमा ‘२ नम्बरी’


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शनिबारदेखि फिल्म ‘२ नम्बरी’ छायांकन कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दिएको जानकारी अनुसार दुई साता ल्वाङ गाउँमा सुटिङ हुने र बाँकी पोखरा आसपासमा हुनेछ । निर्देशक दीपेन्द्र लामा, नायिका उदेन छोदेनसहित कास्ट एन्ड क्रिउसहितको तस्बिरलाई प्रस्तुतकर्ता नेपालीले सार्वजनिक गरेका छन् ।

कोरोना महामारीले प्रभावित भएको फिल्म छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु भएको हो । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । उद्यपि फिल्म पहिलो सिनबाटै छायांकन भइरहेको निर्देशक लामाले बताए ।

फिल्मको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुवातबाटै गरिएकाे हो । फिल्ममा पलको स्थानमा सौगात मल्ल, वर्षा रावत स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ ।

फिल्म आउँदो कार्तिक ४ गते प्रदर्शनमा आउने निर्माता नेपालीले बताए । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्म छायांकनमा गएको हो । मित्रताको कथा प्रस्तुत गर्ने फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : ३१ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल