छायांकनमा ‘२ नम्बरी’ « Khabarhub

छायांकनमा ‘२ नम्बरी’


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शनिबारदेखि फिल्म ‘२ नम्बरी’ छायांकन कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दिएको जानकारी अनुसार दुई साता ल्वाङ गाउँमा सुटिङ हुने र बाँकी पोखरा आसपासमा हुनेछ । निर्देशक दीपेन्द्र लामा, नायिका उदेन छोदेनसहित कास्ट एन्ड क्रिउसहितको तस्बिरलाई प्रस्तुतकर्ता नेपालीले सार्वजनिक गरेका छन् ।

कोरोना महामारीले प्रभावित भएको फिल्म छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु भएको हो । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । उद्यपि फिल्म पहिलो सिनबाटै छायांकन भइरहेको निर्देशक लामाले बताए ।

फिल्मको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुवातबाटै गरिएकाे हो । फिल्ममा पलको स्थानमा सौगात मल्ल, वर्षा रावत स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ ।

फिल्म आउँदो कार्तिक ४ गते प्रदर्शनमा आउने निर्माता नेपालीले बताए । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्म छायांकनमा गएको हो । मित्रताको कथा प्रस्तुत गर्ने फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : ३१ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र