घरेलु बजारमा ‘ए मेरो हजुर ४’ को २ करोड ४३ लाख ग्रस कलेक्सन « Khabarhub

घरेलु बजारमा ‘ए मेरो हजुर ४’ को २ करोड ४३ लाख ग्रस कलेक्सन


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी फिल्महरूसँग भिड्दै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ ।

वितरण कम्पनि र निर्माण पक्षले फिल्मको ग्रस कलेक्सनबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् । शनिबार, बिहीबार र शुक्रबारकै दर्शकको चापको निरन्तरता हलमा देखिएको फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गरेको दाबी गरेको छ । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान निर्माण पक्षको छ ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मप्रति दर्शकको क्रेज निरन्तर रहँदा केही हलहरुले नेपाली फिल्मको शो हटाएर विदेशी फिल्मलाई दिएपछि फिल्मकर्मीहरु आक्रोशित बनेका छन् । यस्तै , फिल्ममा दर्शकको चाप उस्तै रहे ता पनि शो घटाएको प्रति पनि निर्माताहरु आक्रोशित छन् । ‘ए मेरो हजुर ४’ को शो हटाएर विदेशी फिल्म हाल्नु नेपाली फिल्मलाई हेप्ने प्रवृत्ति देखिएको निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

‘हामीले नेपालमै नेपाली फिल्म चलाउन यति संघर्ष गर्नु पर्छ । अब भन्नुस् हामीले बाहिर बजार पाउछौँ ‘? सुनिलले प्रश्न गरे । उनले सम्बन्धित निकायले नेपाली फिल्म नेपालमा ढुक्कसँगले चलाउने माहोल बनाउन आग्रह गरे । फिल्म ‘ए मेरो हजुर ४’ का मोफसल वितरक केदार पराजुलीले फिल्मले मोफसलमा राम्रो व्यापार गरिरहेको जनाए । ‘मोफसलमा व्यापार निकै राम्रो छ । यद्यपि केही हल सम्पर्कमा नै नआएर शो हटाएका छन् । त्यो दुखद् हो’ वितरक पराजुलीले भने ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको