घरेलु बजारमा ‘ए मेरो हजुर ४’ को २ करोड ४३ लाख ग्रस कलेक्सन « Khabarhub

घरेलु बजारमा ‘ए मेरो हजुर ४’ को २ करोड ४३ लाख ग्रस कलेक्सन


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी फिल्महरूसँग भिड्दै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ ।

वितरण कम्पनि र निर्माण पक्षले फिल्मको ग्रस कलेक्सनबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् । शनिबार, बिहीबार र शुक्रबारकै दर्शकको चापको निरन्तरता हलमा देखिएको फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गरेको दाबी गरेको छ । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान निर्माण पक्षको छ ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मप्रति दर्शकको क्रेज निरन्तर रहँदा केही हलहरुले नेपाली फिल्मको शो हटाएर विदेशी फिल्मलाई दिएपछि फिल्मकर्मीहरु आक्रोशित बनेका छन् । यस्तै , फिल्ममा दर्शकको चाप उस्तै रहे ता पनि शो घटाएको प्रति पनि निर्माताहरु आक्रोशित छन् । ‘ए मेरो हजुर ४’ को शो हटाएर विदेशी फिल्म हाल्नु नेपाली फिल्मलाई हेप्ने प्रवृत्ति देखिएको निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

‘हामीले नेपालमै नेपाली फिल्म चलाउन यति संघर्ष गर्नु पर्छ । अब भन्नुस् हामीले बाहिर बजार पाउछौँ ‘? सुनिलले प्रश्न गरे । उनले सम्बन्धित निकायले नेपाली फिल्म नेपालमा ढुक्कसँगले चलाउने माहोल बनाउन आग्रह गरे । फिल्म ‘ए मेरो हजुर ४’ का मोफसल वितरक केदार पराजुलीले फिल्मले मोफसलमा राम्रो व्यापार गरिरहेको जनाए । ‘मोफसलमा व्यापार निकै राम्रो छ । यद्यपि केही हल सम्पर्कमा नै नआएर शो हटाएका छन् । त्यो दुखद् हो’ वितरक पराजुलीले भने ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ५० बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन