पाकिस्तानमा प्रधानमन्त्रीका छोरा पञ्जाबका नयाँ मुख्यमन्त्री « Khabarhub

पाकिस्तानमा प्रधानमन्त्रीका छोरा पञ्जाबका नयाँ मुख्यमन्त्री


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरा हम्जा शरिफ पाकिस्तानको पञ्जाब प्रान्तको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।

पञ्जाबको प्रान्तीय सभामा पाकिस्तान मुस्लिम लिग नवाज पीएलएमएन का नेता हम्जाले आफ्नो पक्षमा १ सय ९७ मत ल्याएर मुख्यमन्त्रीमा निर्वाचित भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ७१ सिट रहेको पञ्जाब प्रान्तीय सभामा सरकार बनाउन १ सय ८६ सिट पर्याप्त हुन्छ ।

पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् ।

त्यसअघि संसद्‍मा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । प्रान्तीय सभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा समेत मच्चिएको बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : ४५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को