स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल हुँदैन : राजेन्द्र लिङ्देन « Khabarhub

स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल हुँदैन : राजेन्द्र लिङ्देन


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र चुनावी तालमेल नहुने स्पष्ट पारेका हुन्। आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित हासिल गर्ने उनको दाबी छ ।

त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने उनले बताए । नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ छ ।

धनुषाको विरेन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापालगायत जनकपुर गएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : १६ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६