माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रबारदेखि सुरु हुँदै « Khabarhub

माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रबारदेखि सुरु हुँदै


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सुरु गर्दैछ । शुक्रबारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ ।

बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ । ७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : ५४ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ