एकीकृत समाजवादीद्वारा पोखराको मेयरमा ६ जनाको नाम सिफारिस « Khabarhub

एकीकृत समाजवादीद्वारा पोखराको मेयरमा ६ जनाको नाम सिफारिस


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनवासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस भएको छ ।

६ वैशाखसम्म आकांक्षीले नाम टिपाउन पाउने बताइएको छ। यसैबीच, उपमेयरमा ३ जनाको नाम प्रस्ताव गरिएको छ । होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई उपमेयरमा सिफारिस गरिएको अध्यक्ष धनराज आचार्यले बताए ।

उनका अनुसार जिल्लाका ७२ वटै वडामा अध्यक्षसहित चार सदस्य र पालिकाको अध्यक्ष उपाध्यक्षको नाम पनि सर्वसम्मतबाट सिफारिस गरिएको छ । अन्नपूर्णमा प्रेम पौडेल, माछापुच्छ्रेमा असिम गुरुङ, मादीमा मधुसुदन देवकोटा र कपिल पौडेल सर्वसम्मत अध्यक्षको सिफारिस भएका हुन् ।

धनराज र श्रीनाथ महानगरमा हेभिवेट नाम हुन् भने अरुले चर्चाका लागि मात्र नाम दर्ता गरेको एक नेताले बताए । ‘नाम टिप्दैमा टिकट पाइने होइन । तर मनपरी नाम आयो,’ उनले भने, ‘अब यो नाम प्रदेशमा जान्छ । त्यहाँबाट छाँटिएर केन्द्रमा पुग्ला ।’

अहिले प्रस्तावित नामबाट प्रदेश कमिटीले दुई पुरुष र एक महिलाको मात्र नाम केन्द्रमा पठाउने आचार्य बताउँछन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ५१ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार