पल शाह प्रकरण : ‘पीडित’ ले अदालतमा फेरिन् बयान « Khabarhub

पल शाह प्रकरण : ‘पीडित’ ले अदालतमा फेरिन् बयान


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरु सत्य नभएको बताएकी हुन्।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । नाबालिग कलाकारले पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : १३ बजे

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा

काठमाडौं– भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

दार्चुला– नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ- मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा