राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरियो- ‘आमा’ लाई उत्कृष्ट चलचित्रको उपाधि « Khabarhub

राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरियो- ‘आमा’ लाई उत्कृष्ट चलचित्रको उपाधि


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान लगायतका पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा २०७६ तथा २०७७ मा प्रदर्शनमा आएका चलचित्रहरुबाट पुरस्कार प्रदान गरिएको हो ।

अभिनेत्री सुरक्षा पन्तले ‘आमा’ चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छिन् । सुरक्षाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार ग्रहण गरिन् । यसैगरी अभिनेता तर्फको पुरस्कार भने दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट प्राप्त गरे । ‘आमा’ चलचित्रले उत्कृष्ट चलचित्रको पुरस्कार पनि जित्यो भने यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।

प्राविधिक विधातर्फ हरि हुमागाईँले ‘छ माया छाप्पक्कै’ बाट छायांकन विधामा पुरस्कार जिते भने सम्पादनतर्फ निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’ बाट पुरस्कार प्राप्त गरे । पटकथा तर्फको पुरस्कार भने ‘जात्रै जात्रा’ का लागि प्रदीप भट्टराईले प्राप्त गरे । समारोहमा ‘जीवन काँडा कि फूल’ का लागि अवस्था थापाले जुरी पुरस्कार प्राप्त गरेकी थिइन् भने ‘रातो टीका निधारमा’ फिल्मबाट यही पुरस्कार अंकित शर्माले प्राप्त गरे ।

कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरियो । दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ । भुवनलाई २०७६ र शम्भुजितलाई २०७७ सालको दीर्घ साधना सम्मान प्रदान गरिएको हो । उनीहरूलाई राष्ट्रपति भण्डारीसँगै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजलाई देखाउने ऐना नै चलचित्र रहेको बताइन । ‘मौलिक कला र संस्कृतिलाई अगाडि ल्याउन चलचित्रमा ध्यान दिनु पर्छ । चलचित्र मार्फत पर्यटनलाई अगाडि बढाउन सकिन्छ । यसमा विकास बोर्डले सक्रियता बढाउनेमा विश्वस्त छु’ उनले भनिन् ।

यस्तै, सञ्चार मन्त्री कार्कीले देशको विकासमा चलचित्रको भूमिका उल्लेख्य रहने बताए । ‘चलचित्र क्षेत्रको समस्यालाई हटाउँदै त्यसलाई अगाडि बढाउन प्रतिबद्ध छु । स्वास्थ्य बिमा, स्टोरी बैंकसँगै फिल्म कार्यविधि तर्जुमाको क्रममा रहेको छ’ मन्त्री कार्कीले भने । चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले कोभिड १९ को बेलामा कार्यभार सम्हालेको सम्झिदै चलचित्रकर्मीको काममा सदैव तत्पर रहेको बताए ।

‘हाम्रो समस्यालाई नीतिगत रुपमै विस्तारै घटाउँदै लाने योजना छ । म लगायत बोर्ड नेपाली फिल्मको श्रीवृद्धिका निमित सदैव तत्पर छ’ अध्यक्ष दाहालले भने । सोही अवसरमा चलचित्र विकास बोर्डले विशेष योगदान सम्मानबाट विभिन्न चलचित्रकर्मीहरुलाई सम्मान समेत गरेको छ । बोर्डले अभिनेता राजेश हमाल, अभिनेत्री गौरी मल्ल, निर्देशक शम्भु प्रधान, अभिनेत्री चैत्य देवी सिंह, अभिनेत्री गौरी मल्ल, कलाकार रवीन्द्र खड्का, नवल खड्का, निर्देशक मदन घिमिरे, कलाकार सुशान्त श्रेष्ठ, निर्मता सुशील पोखरेल, गायक राजेश पायल राई, संगीतकार सुरेश चन्द्र अधिकारीलगायतलाई सम्मान प्रदान गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ३२ बजे

विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव

एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई

गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

काठमाडौँ– गोरखाको बारपाक सुलिकोट–२ घर भएका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई