सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस « Khabarhub

सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार गृहमन्त्रालयमा बसेकोे बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो ।

बढुवाका लागि डीआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले पनि प्रमाणपत्र पेश गरेका थिए ।

एआईजीमा बढुवा सिफारिस भएका अर्याल सशस्त्रको भावी आईजीपी बन्ने पनि निश्चित छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ३१ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार