विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु « Khabarhub

विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना पुनः सुरु भएको हो ।

विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा अबदेखि कर्मचारीलाई राम्रो व्यवहार गर्ने  सहमति भएपछि मतगणना प्रक्रिया सुरु भएको हो ।

मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो ।

नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका थिए ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

भरतपुरमा गठबन्धनका तर्फबाट रेनु दाहाल र नेकपा एमालेका तर्फबाट विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालले उम्मेद्‍वारी दिएकाले सबैले भरतपुर महान‍गरमा जारी मत गणनालाई चासोपूर्वक हेरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ४६ बजे

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच