एमालेबाट टिकट नपाएका जोशी स्वतन्त्र लडेर बने अध्यक्ष  « Khabarhub

एमालेबाट टिकट नपाएका जोशी स्वतन्त्र लडेर बने अध्यक्ष 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् ।

युवा संघका तात्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजयी हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । बोहराले ३ हजार ८७३ मत ल्याउँदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७७९ मत ल्याएका छन् ।

वडा न. ७ मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न. ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानलसहित विजयी भए। वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानलसहित विजयी भैसकेका थिए ।

डिलाशैनीको वडा न.१ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा