कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी « Khabarhub

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो ।

गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिस्पर्धामा थिए ।

उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो । यसपालि माओवादीले नतिजा उल्टाउँदै अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ । नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ ।  नेकपा एमालेले यसपालि पनि एक वडामा जित हासिल गरेको छ ।

आँबुखैरेनी-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे ।

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् । उनले ६६७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले एक हजार ८ मत सहित विजय हासिल गरेका हुन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ४ मा मा नेपाली नेपाली कांग्रेसकी मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भइन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ मत ल्याए ।

वडा नम्बर ५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ आठ मतान्तरले विजयी भएका छन् । गुरुङले २८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका चित्रबहादुर आले मगरले २८० मत प्राप्त गरे ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । उनले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रवीण गुरुङले ३८७ मत प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ५१ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको