ललितपुरको महाङ्काल अध्यक्षमा गठबन्धनका केसी विजयी « Khabarhub

ललितपुरको महाङ्काल अध्यक्षमा गठबन्धनका केसी विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् ।

गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् ।

माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाईँले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ०१ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज