निस्दीमा एमालेका मुक्तबहादुर पुनः निर्वाचित « Khabarhub

निस्दीमा एमालेका मुक्तबहादुर पुनः निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अर्यालले तीन हजार ४६६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा एमालेकै तीरणकुमारी श्रेष्ठ छ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भए। यहाँका सातवटा वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी हुनुभएको छ । कूल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५१५ मत खसेको थियो ।

यसभन्दा अघि पाल्पामा पूर्वखोला, तिनाउँ, माथागढी गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । १० पालिका रहेको जिल्लामा अन्य पालिकाको मत गणना जारी छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १६ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका