नेपाललाई आज युगान्डासँग शृंखला बराबर गर्ने अवसर « Khabarhub

नेपाललाई आज युगान्डासँग शृंखला बराबर गर्ने अवसर


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा आज (मंगलबार) युगान्डाबिरुद्ध खेल्दैछ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो ।

सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो ।

युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो । दोस्रो खेलमा भने कप्तान रुबिना र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।

पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगान्डाबीचको शृंखला पाँच खेलको हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : २५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा