मनाइँदै मदन–आश्रित स्मृति दिवस « Khabarhub

मनाइँदै मदन–आश्रित स्मृति दिवस


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ ।

विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जिप दुर्घटना हुँदा उनीहरुको निधन भएको थियो ।

विगतका वर्षहरूमा ठूला कार्यक्रमसमेत हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन ।

मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार सबै पालिकामा मतगणना भइरहेकाले फाउण्डेशनले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी श्रद्धासुमन व्यक्त गर्दैछ ।

फाउण्डेशन चितवनले दासढुङ्गा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आइरहेको छ ।

जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको अध्यक्ष डा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ३४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा