‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु « Khabarhub

‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा भिन्न भिन्न विधाका ट्यालेन्टलाई खोजिने भएको छ ।

विभिन्न प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु भएको छ ।

सोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने छन् । यस रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियोमा आफ्नो प्रतिभा पठाउनुपर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमशः आफूलाई अब्बल साबित गर्दै लैजानुपर्नेछ ।

निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहनेछन् । साइना साहारा ग्रुपको प्रस्तुति यस सोका निर्माता टेकप्रसाद बास्तोला हुन् भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला छन् ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाख नगददेखि विभिन्न अवसर प्राप्त गर्नेछ । सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले भने फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा अवसर पाउनेछ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ०० बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा