डडेलधुराको भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी « Khabarhub

डडेलधुराको भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – डडेलधुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।  कांग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।

हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन् ।

पाँच वडा रहेको भागेश्‍वरमा चार वडामा कांग्रेस विजयी भएकाे छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।

१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए ।

भागेश्‍वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : २२ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा