ब्यास र अकेशाको ‘बसन’ सार्वजनिक (भिडियोसहित)  « Khabarhub

ब्यास र अकेशाको ‘बसन’ सार्वजनिक (भिडियोसहित) 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘लाईफ इन एलए’ को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक ‘बसन’ गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।

विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको फिल्मको अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई अभिनेता ब्यास आफैँले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् । भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ३७ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा