‘कान्स फिल्म फेस्टिभल’ आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी « Khabarhub

‘कान्स फिल्म फेस्टिभल’ आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी



काठमाडौँ – कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल आज (मंगलबार)देखि फ्रान्समा सुरु हुँदैछ ।

फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो ।

कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् । यद्यपी, केही युक्रेनी निर्देशकले बनाएका फिल्म चाहिँ प्रदर्शन हुनेछन् । जसमा सर्जेइ लोजनिताको डकुमेन्ट्री ‘द न्याचुरल हिस्ट्री अफ डिस्ट्रक्सन’ समेत छ ।

गत अप्रिलमा रुसी हमलाबाट मरिपोलमा मारिएका लिथुआनियन निर्देशक मन्तस केर्भेडार्सियसले आफू मारिनुअघि खिचेका फुटेजलाई यसमा समावेश गरिएको छ । टम क्रुज स्टारर ‘टप गन : माभेरिक’ हलभन्दा पहिल्यै कान्समा स्क्रिनिङ हुनेछ । अभिनेता क्रुज रेडकार्पेटमा देखिनेछन् ।

वार्नर ब्रोजले अस्टिन बटलर र टम ह्यांक्स स्टारर फिल्म ‘एल्भिस’लाई प्रदर्शनसमेत गर्नेछ । निर्देशक जर्ज मिलरको नयाँ फिल्म ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ’ स्क्रिनिङ हुनेछन् जसमा एड्रिस अल्बा र टिल्डा स्विल्टनजस्ता स्टार पनि हुनेछन् । यसपटक कान्सले स्ट्रिमिङ सर्भिसका फिल्मलाई प्रतिस्पर्धामा भाग लिन दिएको छैन ।

यसपटक फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन मुख्य जुरी छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणसमेत देख्न सकिनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ४२ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।