अवैध लागूऔषधसहित चार जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरी चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जना रहेका छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

रा ५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान गर्दा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका–६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरिद गरी ल्याएको खुलेको थियो । त्यसपछि बाल्मिकीको  कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : २६ बजे

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र