सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै  « Khabarhub

सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै 


३ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् । 

कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई माया अनि सम्मान छ’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

केही समयअघि ‘द एइट माउन्टेनस’ नामक अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको कारण उनी कान्स जान लागेकी हुन् । फिल्मको केही छायांकन नेपालको मुस्ताङमा हुँदा उनलाई कास्ट गरिएको थियो । उक्त फिल्म फेस्टिभलमा छानिएपछि निमन्त्रणा आएर आफू पेरिस जान लागेको जनाएकी छिन् । १७ मे देखि २८ मे सम्म चल्ने फेस्टिभलमा सुरक्षा अभिनीत फिल्म मे १८ मा प्रदर्शन हुँदैछ । 

‘फिल्मको प्रिमियर कान्स जेठ ४ मा हुनेछ। मसँग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरू माझ सुनाउँला, भोलि जाँदै छु। उताको यात्राको पनि मसँग बहुमूल्य अनुभव हुनेछन्’ सुरक्षाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यस्तै, फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरूपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : १९ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने