सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै  « Khabarhub

सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् । 

कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई माया अनि सम्मान छ’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

केही समयअघि ‘द एइट माउन्टेनस’ नामक अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको कारण उनी कान्स जान लागेकी हुन् । फिल्मको केही छायांकन नेपालको मुस्ताङमा हुँदा उनलाई कास्ट गरिएको थियो । उक्त फिल्म फेस्टिभलमा छानिएपछि निमन्त्रणा आएर आफू पेरिस जान लागेको जनाएकी छिन् । १७ मे देखि २८ मे सम्म चल्ने फेस्टिभलमा सुरक्षा अभिनीत फिल्म मे १८ मा प्रदर्शन हुँदैछ । 

‘फिल्मको प्रिमियर कान्स जेठ ४ मा हुनेछ। मसँग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरू माझ सुनाउँला, भोलि जाँदै छु। उताको यात्राको पनि मसँग बहुमूल्य अनुभव हुनेछन्’ सुरक्षाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यस्तै, फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरूपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : १९ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६