काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी « Khabarhub

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङले छ हजार ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रुद्र कोइरालाले  जानकारी दिए । 

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ, वडा नं २ मा नेपाली कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा नकेपा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा नेकपा एमालेका लोकबहादुर कुँवर, वडा नं ५ मा नेपाली कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा नेकपा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा नेकपा एकीकृत समाजवादीका मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा नेकपा एमालेका केशरमान लामा विजयी भएका छन् ।

जिल्लाका अन्य पालिकामा मतगणना जारी छ । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : २५ बजे

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र