दाङको शान्तिनगरमा कांग्रेस विजयी  « Khabarhub

दाङको शान्तिनगरमा कांग्रेस विजयी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएकी छन् ।

बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरी विजयी भएका हुन् । बस्नेत पाँच हजार ७१६ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेका छन् ।  माओवादी केन्द्रका मोहनलाल ओलीले दुई हजार ७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पौडेलले १०८ प्राप्त गरेका छन् ।

अध्यक्षमा बस्नेतले केसीलाई एक हजार १९२ मतान्तरले पराजित गरेका हुन् । त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले चार हजार २८ मत, राधिका परियारले तीन हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन्।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ३५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका