थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ « Khabarhub

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता संरक्षण गर्नु अति आवश्यक रहेको बताएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित फूलबारीमा फूलबारी माघी मेला तथा खुला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले मौलिक संस्कृति संरक्षण गर्न मेला महोत्सव, विभिन्न सांस्कृतिक कार्यक्रमहरूले ठूलो भूमिका खेलिरहेको बताएका थिए ।

‘थारु संस्कृति परम्परा र सभ्यता संरक्षण अति आवश्यक छ । यसलाई सबैले संरक्षण गर्नु पर्छ ’ उनले भने, ‘यस्ता मेला महोत्सवले मौलिक संस्कृति प्रवर्द्धन र संरक्षणमा भूमिका खेलिरहेको छ ।’

सुदूरपश्चिम प्रदेशमा विभिन्न संस्कृति , कला र सभ्यता रहेको भन्दै उनले प्रदेशलाई सुदूरपश्चिम नभई सुन्दर पश्चिमको रूपमा चित्रण गरेका थिए ।

फूलबारी आधारभूत विद्यालयको प्राङ्गणमा सुरु भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपक देवकोटाले पनि यहाँको कला संस्कृतिको बखान गरेका थिए ।

उद्घाटन समारोहमा थारु समुदायका सखिया नाच, लाठी नाच, मुग्रहुवा नाचलगायत मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए। खुला भलिबल प्रतियोगिताको समेत प्रदेश प्रमुख मियाँले उद्घाटन गरेका थिए । प्रतियोगिताका खेलहरू भोलिदेखि सुरु हुने छ।

कार्यक्रममा दुई प्रदेशका प्रदेश प्रमुखसहित

पूर्व मन्त्री नारदमुनी राना, धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी राना, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी, प्रदेश नीति तथा योजना आयोग सदस्य नृप सुनार, एमाले प्रदेश सचिव रणबहादुर चन्द, कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानालगायतको उपस्थिति रहेको थियो।

माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने मेलामा करिब ७० भन्दा बढी व्यावसायिक स्टलहरू राखिएका छन्। मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न थारु परिकार, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्।

थारु संस्कृति तिहुवार मञ्चको आयोजनामा सुरु भएको मेला तथा भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम मञ्चका अध्यक्ष पर्वत चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ९ : ०२ बजे

श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा

विषय संवेदनशील नलागे सभामुखले सांसदलाई समय नदिन सक्ने

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा

सभामुखलाई नीलो स्कार्प सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम

एक महिनादेखि मन्त्री कुर्दै गृह मन्त्रालय (तस्बिरहरू)

काठमाडौं– गृह मन्त्रालय जस्तो संवेदनशील र अत्यन्त महत्त्वपूर्ण मन्त्रालय एक

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

दाङ– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत