चन्द्रागिरिमा गठबन्धनको अग्रता « Khabarhub

चन्द्रागिरिमा गठबन्धनको अग्रता


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले सात हजार १५० मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिए ।

यस्तै, उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका वसन्ती श्रेष्ठले आठ हजार १२८ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले दुई हजार ८९ मत प्राप्त गरेका छन् ।

हालसम्म चन्द्रागिरिका सातवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताए । अहिले चन्द्रागिरिमा वडा नं ८, ९ र १० को मतगणना भइरहेको छ । कूल मतगणना भएका मतमध्ये नगरप्रमुखमा एक हजार ९४९ र उपप्रमुखमा पाँच हजार ६१६ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरिमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ३९ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम