उदयपुरमा गठबन्धन विजयी « Khabarhub

उदयपुरमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । 

गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्लीलिम्चुङबङु गाउँपालिकामा विजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेका थिए । 

२०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सीमित भएको मतपरिणामले देखाएको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले भने चारवटै पालिकामा उपाध्यक्ष जित हात पारेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ५२ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम