काभ्रेको पाँचखाल-१३ मा कडा सुरक्षाबीच मतदान जारी « Khabarhub

काभ्रेको पाँचखाल-१३ मा कडा सुरक्षाबीच मतदान जारी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका–१३ को मतदान कडा सुरक्षाबीच मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो ।

३० वैशाखमा विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको हो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुई वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ०० बजे

विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित

काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ

एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम– नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक

बैतडीमा विद्युतीय राहदानी सेवा पुनःसञ्चालन

बैतडी– बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी(इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ

‘नागरिकको संवेदनशील विषयमा प्रहार भयो’

भैरहवा– गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको