काभ्रेको पाँचखाल-१३ मा कडा सुरक्षाबीच मतदान जारी « Khabarhub

काभ्रेको पाँचखाल-१३ मा कडा सुरक्षाबीच मतदान जारी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका–१३ को मतदान कडा सुरक्षाबीच मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो ।

३० वैशाखमा विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको हो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुई वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ०० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात