उत्तर कोरियामा ‘ज्वरो’ बाट झण्डै १५ लाख बिरामी « Khabarhub

उत्तर कोरियामा ‘ज्वरो’ बाट झण्डै १५ लाख बिरामी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- उत्तर कोरियामा ‘ज्वरो’ बाट पीडित व्यक्तिहरूको संख्या १४ लाख ८० हजार पुगेको छ । उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले जनाएअनुसार त्यहाँ सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् ।

केसीएनएका अनुसार तीमध्ये १ लाख ७० हजार ४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको छ । 

अप्रिलको अन्त्यमा देशमा ‘ज्वरो’ को प्रकोप देखिएपछि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेको जनाइएको छ । अरु ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् ।

त्यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

मङ्गलबारको अर्को समाचारमा केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको जनाएको छ ।

यसका साथै केसीएनएले २४ घण्टे सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको समेत बताएको छ ।

केन्द्रीय आपतकालीन महामारी रोकथाम निकायले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुनः सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ ।

साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन् ।

प्योङयाङले गत साताको बिहीबार आफ्नो मुलुकमा पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टि गर्दै देशव्यापी लकडाउन घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : १८ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक