उत्तर कोरियामा ‘ज्वरो’ बाट झण्डै १५ लाख बिरामी « Khabarhub

उत्तर कोरियामा ‘ज्वरो’ बाट झण्डै १५ लाख बिरामी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- उत्तर कोरियामा ‘ज्वरो’ बाट पीडित व्यक्तिहरूको संख्या १४ लाख ८० हजार पुगेको छ । उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले जनाएअनुसार त्यहाँ सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् ।

केसीएनएका अनुसार तीमध्ये १ लाख ७० हजार ४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको छ । 

अप्रिलको अन्त्यमा देशमा ‘ज्वरो’ को प्रकोप देखिएपछि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेको जनाइएको छ । अरु ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् ।

त्यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

मङ्गलबारको अर्को समाचारमा केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको जनाएको छ ।

यसका साथै केसीएनएले २४ घण्टे सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको समेत बताएको छ ।

केन्द्रीय आपतकालीन महामारी रोकथाम निकायले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुनः सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ ।

साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन् ।

प्योङयाङले गत साताको बिहीबार आफ्नो मुलुकमा पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टि गर्दै देशव्यापी लकडाउन घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : १८ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा