स्थानीय तह निर्वाचनपछिकाे पहिलाे कारोबार दिन : सेयर बजार ८४ अंकले गिरावट « Khabarhub

स्थानीय तह निर्वाचनपछिकाे पहिलाे कारोबार दिन : सेयर बजार ८४ अंकले गिरावट


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तह निर्वाचनपछिकाे पहिलाे काराेबार दिन सेयर बजार नेप्सेमा एकै दिन ८४ अंकले गिरावट आएको छ । मंगलबार अधिकांश कम्पनीहरूले नोक्सानी व्यहोरेका छन् ।

मंगलबार नेप्से ८३ दशमलब ६१ अंकले घटेर नेप्से परिसूचक २२ सय ६५ दशमलब ५२ अंकमा पुगेर बन्द भएको छ । बिहान २३ सय ५० अंकबाट खुलेको बजार लगातार घटेर २२ सय ६५ अंकमा पुगेर बन्द भयाे

नेप्सेको सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अंकले घटेर चार सय ३८ दशलमव ६८ अंकमा पुगेको छ । घटेको बजारमा ३५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो साता आइतबारदेखि बुधबारसम्ममा नेप्से एक सय ३० अंकले बढेको थियो भने बिहीबार १८ अंकले घटेको थियो । स्थानीय तह चुनावसँगै बजार उकालो लाग्ने अपेक्षा गरिए पनि पहिलो दिननै बजारमा ठूलो गिरावटपछि लगानीकर्ता निरास बनेका छन् । नेप्सेमा मंगलबार सूचिकृत २२१ कम्पनीको सेयर कारोबार भएकोमा अधिकांश कम्पनीले घाटा बेहोर्नु परेको छ ।

मंगलबार नेप्सेमा २०९ कम्पनीको सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले केही नाफा कमाउँदा चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्ने चार कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, लुम्बिनी जनरल इन्सुरेन्स वोमी माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : १९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट