राजनीति

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

By खबरहब

May 17, 2022

काठमाडौं– काठमाडौं महानगरपालिको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ८१५ मत पाउँदै अग्रता कायम राखेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितलाई शाहले ५३१६ मतले पछि पारेका छन् । स्थापितले हालसम्मको मतगणना परिणाम अनुसार ६४७६ मत पाएका छन् । भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५५२५ मत पाएकी छन् ।