जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्र विजयी « Khabarhub

जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्र विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विजयी भएको छ । 

अध्यक्ष पदका उम्मेदवार पूर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी भएका हुन् । धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी भएका छन् । उनले एक हजार ९५६ मत ल्याएका हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।

पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र कांग्रेसले अध्यक्षमा विजयी भएको छ । हिमाकनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ । विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो ।

यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिमाण आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ०७ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी