दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुबैमा एमाले « Khabarhub

दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुबैमा एमाले


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका हुन् । कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार ७३३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले दुई हजार ३१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार ७०६ मत प्राप्त गरेकी छन् ।

निर्वाचनमा तेस्रो मत प्राप्त गरेका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेका थिए । दिप्रुङ चुइचुम्मामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा होमीएका थिए । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चार वडामा एमाले र तीन वडामा कांग्रेस विजयी भएको छ ।

वडा नं १ याम्खामा कांग्रेसका केशवकुमार खत्री, वडा नं २ डाँडागाउँमा कांग्रेसकै बद्री कटवाल, वडा नं ३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा नं ४ बतासेमा एमालेका बबेन्द्र राई, वडा न ५ सछितापोखरीमा कांग्रेसका डम्बरबहादुर खड्का, ६ छितापोखरीमा एमालेका मिलन राई र वडा ७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १५ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल