अमेरिकी राजदूतद्वारा मकवानपुरमा अमेरिकी सहयोगमा पुनर्निर्मित स्वास्थ्य चौकीको उद्घाटन « Khabarhub

अमेरिकी राजदूतद्वारा मकवानपुरमा अमेरिकी सहयोगमा पुनर्निर्मित स्वास्थ्य चौकीको उद्घाटन


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरमा अमेरिकी सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको छ ।

सोमबार नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले मकवानपुर जिल्लास्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । यस स्वास्थ्य चौकीको पुनर्निर्माण अमेरिकी सहयोग नियोग युएसएड नेपालको सहयोगमा बनाइएको हो ।

युएसएडले योसहित चार जिल्लामा ३६ वटा स्वास्थ्य तथा शैक्षिक संस्थाहरुको पुनर्निर्माणमा सहयोग गरेको छ ।

यी संरचनाहरु भूकम्प प्रतिरोधी, साधनसम्पन्न तथा बालबालिका एवं अपाङ्गमैत्री रहेको बताइएको छ । अमेरिकी सहयोगमा निर्मित विद्यालय तथा स्वास्थ्य संस्थाहरुले २ लाख ४० हजार भन्दा धेरै पिछडिएको समुदायका मानिसहरुलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ३१ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी