रसुवाको पाँच वटै गाउँपालिकामा मतगणना सम्पन्न  « Khabarhub

रसुवाको पाँच वटै गाउँपालिकामा मतगणना सम्पन्न 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको पाँच वटै गाउँपालिकाको मतगणनाको कार्य सकिएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत भएको मतदानको मतगणनाको कार्य सकिएको हो । 

मतगणनाको नतिजा अनुसार जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नौकुण्ड गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नुर्बुस्याङ्बो घले विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका चन्द्रबहादुर तामाङ विजयी भएका छन् । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नविना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुनः अध्यक्षमा दोहोरिएका हुन् । 

त्यसैगरी रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २ हजार २ मत प्राप्त गरिन् ।  २०७४ सालमा भएको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो । 

गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङनुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । 

यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कैसाङनुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुनः दोहोरिएका हुन् । 

त्यसैगरी उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए । त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा जितेकी थिइन् । उनी अहिले पुनः दोहोरिएकी हुन् । 

नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ५३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी