डडेलधुरामा कांग्रेस चार पालिकामा विजयी « Khabarhub

डडेलधुरामा कांग्रेस चार पालिकामा विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– सातवटा स्थानीय तह रहेको डडेल्धुरामा छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जित हात पारेको छ ।

परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । अमरगढी नगरपालिका प्रमुखमा अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित भएका छन् ।

कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भएका हुन् ।

प्रमुखमा निर्वाचित जोशीले तीन हजार ६१९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भट्टले तीन हजार ४२६ मत प्राप्त गरे । उपप्रमुखमा विजयी झुकालले तीन हजार ६७८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले तीन हजार ८५ मत पाए ।

अजयमेरु गाउँपालिका प्रमुखमा भट्ट

अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी वसन्ती पाल निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भए।

अध्यक्षमा निर्वाचित भट्टले दुई हजार ४६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पालले दुई हजार २९७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका हुन् ।

नवदुर्गा गाउँपालिका प्रमुखमा अवस्थी

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लक्ष्मीप्रसाद अवस्थीले दुई हजार ८७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टले दुई हजार ६०६ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी निर्मला बिष्टले तीन हजार २०८ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी चन्द्रा रूपालीले दुई हजार ३६७ मत प्राप्त गरे।

आलिताल गाउँपालिका प्रमुखमा पार्की

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित शेरसिंह पार्कीले दुई हजार ३८९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले दुई हजार २२४ मत पाएका थिए ।

उपाध्यक्षमा निर्वाचित मैनाकुमारी रावलले दुई हजार ६०२ मत प्राप्त गरिन् । कांग्रेसकका उम्मेदवारले दुई हजार २४१ मत ल्याएकी थिइन् ।

गन्यापधुरा गाउँपालिका प्रमुखमा कार्की

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार १८४ मत प्राप्त गरी विजयी भएका भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्र बहादुर मालीले एक हजार ६०६ मत ल्याएका थिए । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गरे ।

भागेश्वर गाउँपालिका प्रमुखमा चटौत

डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका हेमराज चटौत दुई हजार ३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले एक हजार ७८ मत ल्याए । यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी दुई हजार ३४८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : २७ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान