भक्तपुरको मध्यपुर थिमीमा नेमकिपाले खाता खोल्यो « Khabarhub

भक्तपुरको मध्यपुर थिमीमा नेमकिपाले खाता खोल्यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा खाता खोलेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उक्त पार्टीका वडा अध्यक्षका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी भएका छन् । 

उनका साथै उनको पार्टीबाट अन्य तीन जना सदस्य पनि विजयी भएका छन् । एक जना सदस्य भने नेपाली कांग्रेसबाट विजयी भएका छन् । थापाले एक हजार दुई सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडा अध्यक्षले एक हजार ४५ मत पाएका छन् । तेस्रो स्थानमा रहेको एमाले वडा अध्यक्षले तीन सय ८९ मत पाएका छन् ।

त्यहाँ तीन हजार तीन मत खसेको थियो । अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि उक्त पार्टीले सो वडामा वडा अध्यक्षसहित जितेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ४७ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी