कालीगण्डकी नदीमा डुङ्गा पल्टिएर डुबेका सात जनाको उद्धार « Khabarhub

कालीगण्डकी नदीमा डुङ्गा पल्टिएर डुबेका सात जनाको उद्धार


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।

र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।

उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्कीले जानकारी दिए । उनका अनुसार सबैको अवस्था मध्यम रहेको छ । र्‍याफ्टिङ गर्नेहरू एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वको टोलीले उद्धार गरेको बताए । डुङ्गा पुलको पिलरमा ठोक्किएर पल्टिएको बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र