दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो « Khabarhub

दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ।

बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १-१ को अवस्थामा आईपुगेको छ। पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो।

श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए। श्रीलंकाका चामिथा करुनारत्नेले सर्वाधिक तीन विकेट लिए।

यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्यो।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे। यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन जोडे।

अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४ विकेट लिए।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ३२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक