कलेजो बिग्रने समस्या र प्रत्यारोपण विधि « Khabarhub

कलेजो बिग्रने समस्या र प्रत्यारोपण विधि



पछिल्लो समय कलेजोमा धेरै खालका समस्या देखिने गरेका छन् । केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही व्यक्तिको जीवनशैलीले पनि निम्त्याउने गर्दछ । कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा विधिद्धारा उपचार गर्ने गरिन्छ । कलेजोको क्यान्सर र सिस्टहरुलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सिरोसिस भनिन्छ । सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो ।

नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणहरुः
– अत्यधिक मद्यपान गर्नु
– हेपाटाइटिस बी रोग लाग्नु
– कलेजोमा बोसो जम्नु

कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन । कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन् । तीमध्ये हेपाटाइटिस बी को संक्रमण पनि एक हो ।

त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ ।

कलेजो प्रत्यारोपण भनेको के हो ?
सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलेजो चाहिएको हो । त्यो व्यक्तिको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ । त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ । यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ ।

कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय
लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ । दिने व्यक्तिको शल्यक्रिया पनि लगभग जटिल नै हुन्छ । त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आइसियुमा राख्नुपर्ने हुन्छ ।

कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि छ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ । कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ । दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ ।

कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आइसियुमा राखिन्छ । आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । यसरी डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु
– सबैभन्दा बढी संक्रमण हुनबाट बच्ने ।
– अस्पताल गएर नियमित जाँच गराउने ।
– मद्यपान र धूम्रपानबाट टाढा बस्ने ।
– चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने ।
– सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने ।
– बाहिर निस्किँदा मास्क प्रयोग गर्ने ।
– भिडभाडमा नजाने ।
– घरमै पनि सावधानीपूर्वक बस्ने ।
– रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने ।
– खानपिनमा धेरै ख्याल गर्ने ।
– औषधीको जथाभावी प्रयोग नगर्ने ।
– शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने ।

(त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा.रमेशसिंह भण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

https://www.facebook.com/watch/?v=1084010049101924

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ३५ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका