आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखि पानीमा डुबेर दुई युवाको मृत्युसम्म | Khabarhub Khabarhub

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखि पानीमा डुबेर दुई युवाको मृत्युसम्म


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति भएको र समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनले बताए ।

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे

सदनको अवरोध भोलि बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् ।

नेकपामा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे ।


उनले प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको र भोलिसम्म सदनको अवरोध हट्ने बताए ।

यता यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा

उद्योगी व्यवसायीको पक्षमा नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो ।


भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन

ताइवानको संसद्‌मा भीषण झडप, सांसदहरूबीच हानाहान !

ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार संसद्‍मा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । 

कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए ।

ताइवान संसद्‌मा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरूलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसद्‌मा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ ।

मिडिया रिपोर्टका अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो । सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले ।

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु

गाजाको जबलियामा इजरायलको बमबारी

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ७ : ५८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि